प्रधानमन्त्री प्रचण्डसँग कोरिया राष्ट्रपतिका विशेष दूतद्वारा शिष्टाचार भेट

काठमाडाैं | फागुन २, २०७९

प्रधानमन्त्री प्रचण्डसँग कोरिया राष्ट्रपतिका विशेष दूतद्वारा शिष्टाचार भेट

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग दक्षिण कोरियाका राष्ट्रिपति युन सक यलका राजनीतिक सल्लाहकार जाङ सङ मिनले शिष्टाचार भेट गरेका  छन्।

 

मंगलबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा उनीहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

 यसअघि सोमबार  कोरियाका राष्ट्रपतिका विशेष दूत जाङले परराष्ट्रमन्त्री डा.विमला पौड्यालसँग भेट गरेका  थिए। भेटमा दुई देशबीचको आपसी सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो।

 

१७ सदस्यीय टोलीको नेतृत्व गर्दै जाङ आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। जाङ नेतृ्त्वको टोली आजै बंगलादेश प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले  जनाएको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्